सर्वोच्चको फैसलाले राजनीतिलाई झन गन्जागोल बनायो : रामनारायण बिडारी


२३ फाल्गुन २०७७, आईतवार
रामनारायण बिडारी Ram naryan Bidari

काठमाडौं, २३ फागुन । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सर्वोच्च अदालतको आज (आइतबार) को फैसलाले नेपालको राजनीति झन गन्जागोल बनाएको प्रतिक्रिया दिएका छन् ।
नेकपाको नाम विवादमा सर्वोच्चले गरेको फैसलालाई दिएर सांसद विडारीले अदालतको निर्णयले यसै राजनीतिक संकट भइरहेका अर्को नयाँ संकट थपिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी रिटमा सर्वोच्चको फैसलाबारे संक्षिप्त टिप्पणी गर्दै बिडारीले सर्वोच्चबाट मागभन्दा बढी फैसला आएका कारण राजनीलिाई थप गन्जागोलतर्फ धकेलेको बताए ।

‘माग नेकपाको आधिकारिकतासँग मात्र थियो । तर, फैसलाले एकतालाई नै अवैध घोषणा गर्ने र विघटनमा गइसकेका दललाई व्युँताउने काम गरेको छ’, बिडारीले भने, ‘यसले नेपालको राजनीतिलाई थप गन्जागोलतर्फ धकेलेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७