भीम रावलको प्रश्न : प्रधानमन्त्री ओली कुन पार्टीको ?


२३ फाल्गुन २०७७, आईतवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, २३ फागुन । सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो ।

संसदको आइतबार बसेको प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विशेष समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गरे । सर्वोच्चको फैसला कानुनी हो कि राजनीतिक हो भन्ने विचार विमर्ष गर्नुपर्ने उनले बताए । उनले अघि भने, ‘नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?’

प्रतिनिधिसभामा सरकारको तर्फबाट कुनै पनि अध्यादेश आउनुअघि प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने प्रष्ट भन्नुपर्ने सांसद रावलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७