पुनर्स्थापित संसदको पहिलो बैठक : प्रवेशदेखि नाराबाजीसम्म {फोटोफिचर}


२३ फाल्गुन २०७७, आईतवार
parliment house scaled

काठमाडौं, २३ फागुन । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आज(आइतबार) बैठक बसेको हो ।


संसद बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत मन्त्री तथा सांसदहरु संसद भवन नयाँ बानेश्वरमा आए ।

  • Kp sharma Oli 2
  • Bhim rawal
  • bisnu paudel
  • lekhraj bhatta
  • Padma aryal
  • sherbahadur deuwa
  • subash nembang
  • surendra pandey


अपराह्न ४ः०० बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक एक घण्टाभन्दा पनि ढिलो गरी सुर भएको थियो । बैठक शुरु हुना साथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए । तर सभामुखले जरुरी भएको भन्दै अध्यादेश पारित गर्ने प्रस्ताव पेस गरेपछि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरे । सरकार चलाउने कुरालाई स्वीकार गर्न नसकिने भन्दै दाहाल–नेपाल पक्ष बैठक छाडेर बाहिरिएको थियो ।

वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् । बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताए ।

  • prachanad
  • madhav kuamr nepal

संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिएसँगै कांग्रेस सांसदहरुले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै विरोध जनाएका थिए । बैठकमा कांग्रेस सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गरे ।

संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदहरुले रोष्टम घेराउन गरेपछि सभामुखले बैठक स्थगीत गरेको थियो ।

सांसदहरुको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर स्थगित भएको हो। बैठक अब फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

  • Parliment house samsad bhawan22
  • Parliment house samsad bhawanwww

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७