स्वीरजल्याण्डमा अब महिलाहरुले बुर्का लगाउन नपर्ने


२४ फाल्गुन २०७७, सोमबार
burka

काठमाडौं, २४ फागुन । स्वीट्जरल्याण्डका महिलाहरुले अब अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने भएको छ । हालै भएको जनमत संग्रहले मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको विपक्षमा मतदान गरेको हो ।

सो जनमत संग्रहमा महिलाहरुले मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन् । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत संग्रह गरिएको बीबीसीले जनाएको छ ।

आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१ दशमलव २ प्रतिशत मानिसले भोट हालेका थिए भने विपक्षमा ४८ दशमलव ८ प्रतिशत मानिसले मतदान गरेका थिए । तर स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ‘एक अँध्यारो दिन’ भएको टिप्पणी गरेको छ ।

स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो । कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई इस्लामप्रति त्रास फैलाउने खालको भएको बताएका छन् ।

स्वीट्जरल्याण्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औंल्याएका छन् । अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ । स्वीट्जरल्याण्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ ।

उनीहरूलाई बारम्बार विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमत संग्रहमा सहभागी गराइन्छ । सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७