इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश


२४ फाल्गुन २०७७, सोमबार
nifra d3eyeF4HI5

काठमाडौं, २४ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।

यो बैंकले ०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो ।
मुलुकको पूर्वाधारहरूका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र

सर्वसाधारणको ८ अर्ब लगानी छ । बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब र्पुयाइसकेको छ ।
यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरु रहेको लगानी छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरू र बिमा कम्पनीहरु समेतको लगानी छ ।
यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ÷सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७