सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार कैलालीमा


२४ फाल्गुन २०७७, सोमबार
QR1615182690

काठमाडौं, २४ फागुन । सनराइज बैंकले त्रिनगर कृषि हाटबजार धनगढी कैलालीमा क्युआर सेवा सञ्चालनमा ल्याएको छ। धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वडले उक्त सेवाको सुरु गरेका हुन्।

कार्यक्रममा मेयर वडसहित सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाट बजार व्यवस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि।क। र शाखा प्रबन्धक धर्म कुमार विष्टलगायतको सहभागिता थियो।

डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणालीमार्फत् सबैलाई फाइदा पुग्ने मेयर वडले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७