चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार खुल्यो


२५ फाल्गुन २०७७, मंगलवार
Image 2021 03 06 at 18.07.34

काठमाडौं २४ फागुन । चाबहिलमा होलसेल तरकारी तथा फलफूल कृषि बजार सन्चालनमा शुरु भएको छ ।

आधुनिक कृषि बजारका अध्यक्ष रबिन्द्र ज्वारचनको अध्यक्षतामा चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको सन्चालमा ल्याएको हो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरिन् । ।

कृषि बजारमा रहेको २५० स्टल मार्फत अर्गानिक तरकारी तथा फलफूलहरु सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । उपभोक्ताहरुलाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरु उपलब्ध गराउने उदेश्यले सन्चालमा ल्याएको अध्यक्ष ज्वारचनले बताए । सम्पूर्ण उपभोक्ताहरुको सहजताका लागि संचालनमा ल्याइएको, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम् अस्पतालको पछाडी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७