चार सन्तानसहित कर्णालीमा हाम फालिन् आमा


२५ फाल्गुन २०७७, मंगलवार
fukot karnali 1

दैलेख, २५ फागुन । आठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।

चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सिरता बडुवालको शव अछाम पञ्चदेववल विनायक नगरपालिका ४ कर्णली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएका हुन् ।

३५ वर्षीया आमा सुकु बडुवाल, ८ वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भेटिएको छैन, प्रहरी प्रमुख श्रेष्ठले मंगलबार गोताखोर टोलीबाट शव खोजतलास गरिनेछ । बेपत्ता सुकुका श्रीमान् मानसिंह बडुवाललाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

सोमबार बिहान घरबाट हिँडेका पाँच परिवार माइतमा नभेटिएपछि आफन्तबाट खोजतलास भएको आठबिस नगरपालिकाका उपप्रमुख दिपा बोहेराले बताइन् । श्रीमानले दिनहँु मदिारा सेवन गरेर झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्छन्, उनले भनिन् नदीमै दुई शव भेटिनुले पनि हाम फालेको हुनसक्ने आँकलन गर्न सकिन्छ ।

मदिराकै कारण घरेलु हिंसा सहन नसकेकर आमासहित चार सन्तान फाल हाल्न बाध्य भएको हुन सक्ने अनुमान गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७