गिनीमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुग्यो


२५ फाल्गुन २०७७, मंगलवार
gini

काठमाडौं, २५ फागुन । पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विष्फोटमा ४२० जना बढी घाइते भएका छन् । सेनाको लापरवाहीका कारण विष्फोट भएको बताइएको छ । विस्फोटलगत्तै धुवाँको मुस्लोसहित धेरै व्यक्ति हताहत भएका थिए ।

फोहोरको थुप्रोबाट समेत घाइतेहरुको उद्दार गरिएको छ । कतिपय मानिसले भने धुवाँको मुस्लो देखेसँगै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको बताइएको छ । सरकारी अधिकारीहरुले अनुमान गरेभन्दा बढी मृतक भएको हुनसक्ने बीबीबसीले जनाएको छ ।

गम्भीर घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । अस्पतालमा अत्याधिक चाप परेको बताइएको छ । विस्फोटलगत्तै शहरक अधिकांश निजी तथा सरकारी भवनहरु क्षतिग्रस्त भएका छन् ।

विष्फोट लगत्तै विपत्ती आएको भन्दै स्पेन, फ्रान्स र अमेरिकाल आपतकालीन सहयोगका लागि इक्वेटोरियल गिनीले आग्रह गरेको छ । सन् १९६८ मा स्पेनबाट स्वतन्त्र भएको इक्वेटोरियल गिनी अफ्रिकाको एक मात्र स्पेनिस भाषा बोल्ने देश हो ।

सन् १९७९ देखि सत्तामा रहेका राष्ट्रपति ओबियाङ निगमेमा बारम्बार मानवअधिकार उल्लंघनका घटनामा संलग्न भएको भन्दै विवादमा आउने गरेका छन् । तेल र ग्यासमा धनी रहे पनि सो मुलुकका ७६ प्रतिशतभनद बढी जनसंख्या गरिबीको रेखामुनि रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७