बुरुण्डीमा सबै जेल भरिएपछि ४० प्रतिशत कैदी छाडिँदै


२५ फाल्गुन २०७७, मंगलवार
jel

काठमाडौं, २५ फागुन । बुरुण्डी सरकारले ४० प्रतिशत कैदीलाई जेलमुक्त गर्ने भएको छ । भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अनुसार हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय सरकारले गरेको हो ।

कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २२५ कैदीलाई जेलमुक्त गर्न लागिएको हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’ को बुरुण्डियाली शाखाको अनुमान अनुसार बुरूण्डीमा १३ हजार २०० कैदी छन् । राष्ट्रपतिको आममाफीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रक्रिया पुर्‍याएर जेलमुक्त हुनेछन् ।

पूर्वी अफ्रिकी मुलुक बुरुण्डीमा जेलहरूको क्षमता चार हजार १०० कैदी राख्न मिल्ने छ । राष्ट्रपतिको निर्देशनमार्फत् कैद मिनाहा गर्न लागिएका कैदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका कैदीबन्दी छन् । उनीहरुले पाँच वर्षभन्दा बढी कैद बिताइसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७