विवाहको रथ गुडेर किच्दा डेढ वर्षीया बालिकाको घटनास्थलमै गयो ज्यान


२५ फाल्गुन २०७७, मंगलवार
Death

महोत्तरी, २५ फागुन । विवाहको रथले किच्दा महोत्तरीमा एक डेढ वर्षीया बालिकाको घटनास्थलमै ज्यान गएको छ ।

आमासँग औहरी नगरपालिका–५ श्रीपुरमा मावली पुगेकी गौशाला नगरपालिका फुल्काहा निवासी कमलेश यादवकी १८ महिनाकी छोरी प्रियंका कुमारीलाई रथले किच्दा ज्यान गएको हो ।

सोमबार साँझ सवा ७ बजे रोकिराखेको बीआर १ एपी ३०९१ नम्बरको रथ अचानक गुडेर बालिकालाई किच्दा घटनास्थलमै मृत्यर भएको इलाका प्रहरी कार्यालय (गौशाला) ले जानकारी दिएको छ । बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको र रथ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७