पाँच वर्षको लागि ओली नै प्रधानमन्त्री : प्रचण्ड


८ फाल्गुन २०७४, मंगलवार
prachanda 2

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री हुन सक्ने बताएका छ । नेकपा एमालेसँग पार्टी एकता गर्ने ७ बुँदे सहमति भएको भोलि पल्टै गृहजिल्ला पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

prachanda 2
फाइल तस्बिर

मंलबार चितवनमा प्रचण्डले प्रधानमन्त्रीको विषयमा छलफल भैनसकेको प्रतिक्रिया दिएका छन् । ‘प्रधानमन्त्री आलोपालो गर्ने विषयमा निष्कर्ष भैसकेको छैन । महाधिवेशनले टुङ्गो गर्छ ।’ उनले भने, ‘अहिलेलाई कमरेड केपी ओली नै पाँचै वर्षका लागि प्रधानमन्त्री हो ।’ प्रचण्डले पार्टी एकता भएको २ वर्ष सम्म महाधिवेशन भेसक्ने बताएका छ ।

महाधिवेशन भएसम्म एकीकृत पाटीको अध्यक्ष दुवै रहने बताएका छन् । एमाले—माओवादी एकताको विषयमा हिजोनै बालुवाटारमा ७ बुँदे सहमतिमा हस्ताक्ष भैसकेका छन् । सहमतिमा पार्टीका नाम, पार्टीको निर्देशक सिद्घान्त लगायतका कुरामा हस्ताक्षर भैसकेका छन् ।
पार्टी एकता गर्ने विषयमा एमाले र माओवादीबीच निम्न ७ बूँदाम, समहती जुटेका छन् ।

१, एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने छ ।

२, पार्टीको निर्देशक सिद्घान्त मार्क्सवाद–लेनिनवाद रहने छ ।

३, ने.क.पा. (एमाले) ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्बन गरी आएको ‘माओवाद र २१ औँ शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।

४, नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५, उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६, महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरूको अध्यक्षता दुवै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।

७, आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७