नेकपा एमाले व्यूँतिएसँगै आज धुम्बाराहीमा सचिवालय वैठक बस्दै, साइनबोर्ड फेरिंदै


२५ फाल्गुन २०७७, मंगलवार
nekapa 1

काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले व्यूँतिएपछि आज (मंगलबार) सचिवालय बैठक बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।

सचिवालयका सदस्यहरु सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको महासचिव पोखरेलले बताए । तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरे लगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ । सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरिदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । धुम्बाराहीमा रहेको एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेर्ने तयारी भएको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७