१९ वर्षीय युवकको घरभित्रै हत्या


२५ फाल्गुन २०७७, मंगलवार
Hatya

बारा, २५ फागुन । बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकमा एक १९ वर्षीय युवकको घरभित्रै हत्या भएको छ ।

आज (मंगलबार) बिहान १९ वर्षीय रोहित शर्माको धारिलो हतियार प्रहार गरी घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा बसेर पेन्टरको काम गर्दथे ।

अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाइसकेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहेकाले बाँकी कुरा विस्तारै आउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७