सत्ता साझेदारीबारे छलफल गर्न एमाले र जसपाको बन्यो बार्ता टोली


२५ फाल्गुन २०७७, मंगलवार
laxamanla sarbendra

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न दुई सदस्यीय समिति गठन गरेको छ । वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा नेकपा एमाले र माओवादी केन्द्रकै रुपमा क्रियाशील हुने भएका छन् ।
त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ ।

नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ । अहिले प्रधानमन्त्री ओलीको सरकार टिक्ने–नटिक्नेमा जसपा निर्णायक देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७