निलम्बित सांसद रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल


२५ फाल्गुन २०७७, मंगलवार
Resham Chaudhary 5a9400dd7dd600.03776524
फाइल फोटो

काठमाडौं, २५ फागुन । निलम्बित सांसद रेशम चौधरीको रिहाइबारे सरकार र जनता समाजवादी पार्टीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको सहभागी थिए । संघीय समाजवादीतर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण थिए ।

‘सांसद रेशम चौधरीको रिहाइको विषयमा बालुवाटारमा सरकारका प्रतिनिधिहरुसँग प्रारम्भिक छलफल भएको सांसद कर्णले जानकारी दिएका छन् । उनले भने, ‘उहाँहरुले यो राजनीतिक विषयमा भएको भन्ने जवाफ दिनु भएको छ । हामीले सबैलाई छाड्दै हुनुहुन्छ भने चौधरीलाई किन नछाड्ने भनेर भन्यौं ।’

‘प्रधानमन्त्री ओलीका सल्लाहकार र नेताहरूले आफूहरू प्रधानमन्त्रीका प्रतिनिधि हौं । वार्ता गर्न आउनुस् भनेपछि गएका हौं । रेशम चौधरी लगायतका आन्दोलनका क्रममा जेलमा परेका नेता कार्यकर्ता रिहाइका लागि भनेर छलफल भएको हो,’ कर्णले भने ।

कर्णले पछिल्लो छलफल सांसद चौधरीको रिहाइको विषयमा केन्द्रित रहेको र सत्ताको विषयमा नभएको स्पष्ट पारेका छन् । कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै चौधरीलाई अदालतका जन्मकैद सुनाएको छ । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

पुर्पक्षका लागि जेलमै रहँदा उनले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेसमार्फत उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा उनले कैलाली–१ बाट भारी मत ल्याएर सांसदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७