पाकिस्तानी लिगको एउटै खेलमा नेपाली खेलाडीको १८ गोल, सरू एक्लैको १० गोल


२५ फाल्गुन २०७७, मंगलवार
saru limbu and anita kc

काठमाडौं, २५ फागुन । पाकिस्तानमा सुरु नेशनल वुमन्स च्याम्यिनसिप फुटबल प्रतियोगिताको एउटै खेलमा नेपाली खेलाडीले १८ गोल गरेका छन् । कराँचीमा भएको प्रतियोगिताको पहिलो खेलमा मासा युनाइटेड टिमका लागि नेपाली खेलाडीले सरु लिम्बु एक्लैको १० गोलसहित १८ गोल गरेका हुन् ।
नेपाली खेलाडीको १८ गोलसँगै नेपालकी एञ्जिाला तुम्वापो सुब्बाको कप्तानीमा रहेको मासा युनाइटेडले सियालकोट सिटीलाई १९–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपाली खेलाडीहरुमा सरु लिम्बु एक्लैले ह्याट्रिक सहित १० गोल, अनिता केसीले दोहोरो ह्याट्रिक, गीता राना र सम्रिना लिम्बुले एक–एक गोल गरे ।
प्रतियोगिताको मासा युनाइटेडले शानदार विजयी सुरुवात गरेको छ । मासाको जितमा नेपाली खेलाडीको प्रमुख भूमिका रह्यो। पहिलो हाफमा ९–० ले अग्रता बनाएको मासाले दोस्रो हाफमा १० गोल थप्यो ।
खेलको १२ औं मिनेटमा सरु लिम्बुले गोलको खाता खोलिन्। १९ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गरेपछि मासाले अग्रता दोब्बर पारेको हो । खेलको २५ औं मिनेटमा सरुले ह्याट्रिक पूरा गरिन ।
सरूले पहिलो हाफमा ६ गोल र दोस्रो हाफमा थप ४ गोल गरी कुल १० गोल गरिन्। अर्की नेपाली फरवार्ड अनिता केसीले टोलीको लागि दोहोरो ह्याट्रिक पूरा गरिन्। त्यस्तै गीता रानाले ६३ मिनेटमा १ गोल गरिन । खेलको ३७ औं मिनेटमा सारा इक्वाल, ४४ औं मिनेटमा सम्रोज सम्रिना लिम्बुले एक एक गोल थपे ।
समूह बी मा रहेको मासाले दोस्रो खेलमा कराँची युनाइटेडसँग १६ मार्चमा खेल्नेछ। च्याम्पियनसिपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड समुह ‘बी’ मा रहेको छ ।
च्याम्पियनसिपको विजेताले पाकिस्तानी १० लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले ७ लाख ५० हजार र तेस्रोले ५ लाख रुपैयाँ पाउनेछन् । डेभलपमेन्ट स्टेज विजेतालाई पाकिस्तानी ५० हजार रुपैयाँ दिइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७