छवि–शिल्पा एकाएक बिग्रियो सम्बन्ध, शिल्पा भन्छिन्, भो अब बिहेको कुरा नगरौं’


८ फाल्गुन २०७४, मंगलवार
shilpa 2

काठमाण्डौं, ८ फागुन : चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले केहि दिनअघि मात्र आफूहरु विवाहका लागि तयार रहेको कुरा सार्वजनिक गरेका थिए । तर, त्यो कुरा धेरै दिन टिकेन ।shilpa 2

अहिले उनीहरु विहेको कुरा सुन्न पनि नमान्ने अवस्थामा पुगेका छन् । छविराज प्रोडक्सनले बनाएको पछिल्लो फिल्म ‘मंगलम’ यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । तर यतिबेला मिडियामा भने निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच ‘ठाकठुक’ परेको खबर बाहिरिएको छ । खबर अनुसार छवि र शिल्पाले एकै फ्रेममा मिडियामा ‘इन्टरभ्यु’ दिन इन्कार गरिरहेका छन् । आखिर किन त ?Shilpa Pokhrel 1 1

‘खाली एउटै कुरा आउँछ, अनि किन दिनु त सँगै इन्टरभ्यु ?’ शिल्पाले उल्टै प्रश्न गरिन्, ‘अब त बिहेको कुरा धेरै भईसक्यो ।’ खासमा निर्माता छविराज ओझासँगको बिहेको प्रश्नले शिल्पा हैरानीमा परेकी रहिछन् । यता निर्माता ओझा पनि यही प्रश्नले गर्दा मिडियालाई ‘इन्टरभ्यु’ दिन इन्कार गरेको स्विकार गर्छन् । ‘अब त कत्ति बिहेको कुरा गर्नु ? ‘मंगलम’ को कुरा गरौं’, छविराज भन्छन् । shilpa pokhrel and chhabi ojha

उसो त जब शिल्पाले छविराज प्रोडक्सनको ‘लज्जा’ खेलिन्, त्यतिबेला देखि नै उनीहरुको बिहेको चर्चा चलेको थियो । ‘मंगलम’ की निर्मात्री समेत रहेकी शिल्पाले छविसँग बिहे समेत गरिसकेको चर्चा छ तर, उनीहरुले स्विकार गर्दैनन् । नवल नेपाल निर्देशित ‘मंगलम’ मा शिल्पासँगै नायक पुष्प खड्का र पृश्वी प्रसाईंको मुख्य भूमिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७