ज्योति लाइफको आइपिओमा हालसम्मकै धेरै आवेदन, १२ लाखको हात रित्तो हुने


२६ फाल्गुन २०७७, बुधबार
meso shre

काठमाडौं, २६ फागुन । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ)मा हालसम्मकै धेरै आवेदन परेको छ।

१८ लाख ४ हजार ६४८ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका जानकारी दिए। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार साँझ ५ बजेसम्मकाे संख्याले ३ करोड ८० लाख ५७ हजार कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीको आइपिओ गत शुक्रबारदेखि बिक्री खुल्ला गरिएको थियो। कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएको हो। जसमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडिनेछ।

आइपिओ भरेकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले पाउने छन्, १२ लाखको हात रित्तो हुनेछ। यीमध्ये प्रक्रिया नपुगेका आवेदन पहिले नै अस्वीकृत हुनेछन्।

ज्योति लाइफको आइपिओमा एक व्यक्तिले न्यूनतम १० देखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।

प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७