सेञ्चुरी बैंकको १०औं वार्षिकोत्सव सम्पन्न


२६ फाल्गुन २०७७, बुधबार
century1615378685
????????????????????????????????????

काठमाडौं, फागुन २६ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १० औं वार्षिकोत्सव सम्पन्न भएको छ। वार्षिकोत्सव बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा सम्पन्न भएको हो।

कार्यक्रममा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरे। साथै कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने बताए।

उक्त समारोहमा बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राखे।

सोही कार्यक्रममा बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ। वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा उद्धघाटन गरे। यो बैंकको १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएम छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७