लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा सुरु


२६ फाल्गुन २०७७, बुधबार
machhapuchre1615353695

काठमाडौं, फागुन २६ । लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु।आर कोड र वी च्याट पे सेवा सुरु भएको छ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकले प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क क्यु।आर कोडबाटै भुक्तानी गर्न सक्छन्। विशेषगरी चाइनिज पर्यटकले भने वी च्याट पेको माध्यमबाट सहयोग गर्न सक्ने बैंकको भनाइ छ।

यो बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा उक्त सेवा दिदैं आएको छ। अन्य क्षेत्र पनि पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने बैंकको उद्देश्य छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७