बार्सिलोनालाई हराउँदै पीएसजी युइएफएको क्वार्टर फाइनलमा


२७ फाल्गुन २०७७, बिहीबार
117523729 gettyimages 1231635565 2

काठमाडौं, २७ फागुन । बार्सिलोनालाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वार्टर फाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।

पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो । घरेलु मैदान पार्क दि प्रिन्सेसमा गए राति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।

खेलको ३१ औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता लिएको थियो । पीएसजीको त्यो अग्रता लामो समय टिकेन । ३७ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७