टेनसनमा परेका अनमोललाई काजलको साथ, के गर्दैछिन् अदिती ?


८ फाल्गुन २०७४, मंगलवार
anmol kc 2

काठमाण्डौं, ८ फागुन : एक वर्षसम्म सार्वजनिक रुपमा अनुहार नदेखाई चलचित्र ‘कृ’ का लागि तयारी गरेका चर्चित नायक अनमोल केसीको चलचित्रको प्रदर्शनले कमाल गर्न नसकेपछि उनी पछिल्लो समय तनावमा देखिएका छन् ।anmol kc 2

अनमोलका फ्यानहरुले नै हल्ला अनुसारको चलचित्र नबनेको भन्दै आलोचना मात्र गरेनन् चलचित्र हलहरुमा ‘नक्कली फ्यान’ को भिड देखाएको समेत आरोप लगाउन भ्याए । जसका कारण अनमोलको स्टार डम ओरालोतिर लागेको देखिएको छ । चलचित्र नचले आफ्नो विगतको स्टार डम गुम्न सक्ने डर सुनाउँदै आएका अनमोलको यो बोली साँच्चै नै कुबेलाको बोली सावित भयो ।anmol4

‘कृ’ यतिबेला सिनेमा घरहरुमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो हप्ता नाघ्दै गर्दा साढे ५ करोडको विजनेश गरेको फिल्मले अब निर्माताका लागि मुनाफा कमाइरहेको छ । यही फिल्मका लागि वर्ष दिन नै अनमोल घरको चार कुनामा मात्र सीमित रहे । अनमोल अब चाँडै नयाँ फिल्म ’क्याप्टेन’ को तयारीमा जुट्दैछन् । यो फिल्ममा उनी फुटबल खेलाडीको भूमिकामा देखिन छन् । ‘कृ’ का लागि शरीर बनाउन, नृत्य सिक्ने, कपाल बढाउन, लामो समय सुटिङ र फिल्म प्रमोशनले गर्दा उनी फ्रेस हुन काहीँ–कतै निस्कन पाएका थिएनन् । anmolkc 3

‘कृ’ रिलिज सँगै यतिबेला अनमोल चितवनको भरतपुर छन् । उनीसँग दिदी काजल पनि साथमा छिन् । काजल, भुवन केसीकी जेठी श्रीमती विजया केसीकी छोरी हुन् । भुवनले काजलकै नामबाट फिल्म निर्माण कम्पनी खोलेका छन् । जसबाट ’करोडपति’, ’ड्रिम्स’, ’कृ’ जस्ता फिल्म निर्माण भइसकेका छन् । गएको भाइटीकामा अनमोलले उनकै हाटबाट टीका लगाएका थिए । काजलले आफ्नो आधिकारिक फेसबुकमा अनमोलसँगका केही तस्बिरहरु शेयर गरेकी छिन् । जसमा उनी फ्रेस मुडमा देखिन्छन् । दिदी काजलसँग उनले चितवनमा ‘हात्ती सफारी’ पनि गरेका छन् । खबरअनुसार, अझै केही दिन अनमोल फ्रेस हुनका लागि चितवनमा नै बस्नेछन् । ‘कृ’ बाट अपेक्षा अनुसार उत्कृष्ट प्रतिक्रिया नपाएपछि उनी निकै तनावमा देखिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७