एमालेको ओलीइतर समूहले भन्यो– पार्टी विधिविधानअनुसार चल्नुपर्छ, ‘गुन्डागर्दी’ मान्य छैन


२८ फाल्गुन २०७७, शुक्रबार
madhav jhalanath

काठमाडौं, २८ फागुन । एमाले अध्यक्ष केपी ओलीइतर समूहले पार्टी विधिविधान अनुसार चल्नुपर्नेमा जोड दिएको छ । कैलाली र सुनसरीमा ओली समूहको ‘गुन्डागर्दी शैली’ भएको इतर समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राजधानीमा बिहीबार बसेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टीलाई विधिविधानबाहिर नलान नेतृत्वलाई खबरदारी गरेको छ । पार्टीको आन्तरिक एकता कायम राख्दै माओवादी केन्द्रलाई पनि साथमा लिएर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए । वामपन्थीकै सरकार निर्माणमा बैठकले जोड दिएको सचिव भीम आचार्यले जानकारी दिए ।

सर्वोच्च अदालतले गत २३ फागुनमा सत्तारुढ नेकपालाई खारेज गर्दै साबिकका एमाले र माओवादी केन्द्र कायम गरेपछि खनाल–नेपाल समूहलाई निषेध गर्दै ओली समूहले एकलौटी रूपमा केन्द्र र तल्ला तहका कार्यालयमा बोर्ड राखेको छ । बोर्ड राख्ने क्रममा कैलाली र सुनसरीमा झडप समेत भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७