स्वास्थ्य कार्यक्रम : एक खर्ब ८० अर्ब रुपैयाँ खर्च लाग्ने प्रक्षेपण


२८ फाल्गुन २०७७, शुक्रबार
Health 1

काठमाडौं, २८ फागुन । सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०७७–७८–२०७९–८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न १ खर्ब ८० अर्ब ७७ करोड ४ लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।

जसअन्तर्गत २०७७–७८ मा ६० अर्ब ६७ करोड ८८ लाख, २०७८–७९ मा ५८ अर्ब ४९ करोड ४ लाख र २०७९–८० मा ६१ अर्ब ६० करोड १२ लाख खर्च लाग्ने प्रक्षेपण गरिएको छ । यसअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा ब्याक्टेरियोलोजी, बायोकेमेस्ट्रि सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ ।

मध्यमकालीन खर्च संरचनामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अत्यन्तै प्रभावकारी र कामकाजी बनाइने प्रस्ताव गरिएको छ । देशभर रहेका अस्पतालको स्तरोन्नति गर्ने योजना समेत अघि सारिएको छ ।

सरकारले २०७९–८० सम्म १ लाख जनसंख्यामा ९५ जना डाक्टर पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । हाल प्रत्येक १ लाखमा डाक्टरको संख्या ७८ जना रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार दर्तावाल डाक्टरको संख्या एमबीबीएस र बीडीएसतर्फ २८ हजार ४ सय ७७ रहेको छ ।
स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या अत्यन्त न्यून रहेको छ ।

कुल जनसंख्याको ७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०७९–८० सम्म ६० प्रतिशत पुर्‍याउने योजना अघि सारिएको छ । हाल प्रतिलाख जनसंख्यामा १ हजार ५० स्वास्थ्यकर्मी रहेका छन् । अबको एक वर्षमा प्रतिलाख जनसंख्यामा ४ हजार ४ सय ५० स्वास्थ्यकर्मी पुर्‍याइने मध्यमकालीन खर्च संरचनामा उल्लेख छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७