खोपको दोस्रो खेप दिन सेरमको आनाकानी : ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र


२८ फाल्गुन २०७७, शुक्रबार
korona khop 1

काठमाडौं, २८ फागुन । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ ।

सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो । भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो ।

सेरमले मार्च ३ स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ । सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ ।

‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्यकता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न चाहेको’ पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले योजनाअनुसार खोप आपूर्ति नभए खोप लगाउने अभियान नै रोक्नुपर्ने स्थिति आउने बताए ।

सरकारले बुधबारसम्म सेरमबाट उत्पादित १२ लाख ६६ हजार खोप प्रयोग गरिसकेको छ । पहिलो डोज लगाएकाहरुलाई ८ देखि १२ सातामा दोस्रो डोज उपलब्ध गराउने सरकारी तयारी छ । सेरमबाट उत्पादित खोप लगाएका मानिसले अन्य कम्पनीको खोप लगाउन मिल्दैन । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७