युरोपा लिग : आर्सनल र टोटनह्यामको सहज जित


२८ फाल्गुन २०७७, शुक्रबार
collage 5

काठमाडौं, २८ फागुन । युरोपा लिग फुटबलमा इङ्लिस क्लबहरु आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गए राति भएको पहिलो लेगको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हरायो ।

आर्सनलका लागि मार्टीन ओडेगार्ड, ग्याब्रियल र मोहोमद एल्नेनीले एक–एक गोल गरे । गए राति नैं भएको अर्को खेलमा टोटनह्याम हट्सपरले चेक गणतन्त्रको डाईनामो जाग्रेबलाई २–० ले हरायो । टोटनह्यामको जितमा दुबै गोल ह्यारी केनले गरे ।

अर्को इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेड भने गए राति इटालीको एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको छ । युरोपा लिगका अन्य खेलहरुमा इटालीको ए.एस रोमाले युक्रेनको शख्तरलाई ३–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्वीट्जरल्याण्डको योङ ब्वाइजलाई ३–० ले पाखा लगायो ।

यसैगरी स्पेनको भियारियालले युक्रेनको डाईनामो किभलाई २–० ले पराजित गर्दा स्पेनकै ग्रानाडाले स्विडेनको मोल्डेलाई २–० ले पाखा लगायो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७