बैंक अफ काठमान्डुको क्युआरकोड सुविधा २२ वटा बसमा


२८ फाल्गुन २०७७, शुक्रबार
crunchy1615540995 scaled

काठमाडौं, २८ फागुन । बैंक अफ काठमान्डुको क्युआरकोड सुविधा २२ वटा बसमा सुरु भएको छ।

श्री पूर्वी नेपाल यातायात, श्री कंकाई माई पाथीभरा यातायात र श्री सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा यो सेवा सुरु भएको हो। भाडा भुक्तान गर्ने उक्त क्युआर कोड सेवा बिहीबारबाट सुरु भइसकेको छ।

कार्यक्रममा बैंकको प्रदेश नं १ प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्युआर कोड हस्तान्तरण गरे।

पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखी इटहरी हुँदै बिराटनगर र धरानसम्म यात्रा गर्ने सबैले यो सेवा लिन सक्छन्। बसमा राखिएको क्युआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सकिने बैंकको भनाइ छ।

साथै श्री कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोकदेखी इटहरी हुँदै बिराटनगर र धरानसम्म यात्रा गर्नेले क्युआर कोड स्क्यान गरेर भाडा तिर्न सक्छन्।

सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा पनि यो सेवा छ। हालसम्म यो बैंकको ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरु छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७