ओलीको एकपक्षीय निर्णयपछि समानान्तर कमिटी बनाउने नेपाल समूहको घोषणा


२८ फाल्गुन २०७७, शुक्रबार
Madhav Kumar Nepal 1
s]Gb|Lo ;ldlt a}7sdf cWoIf g]kfn sf7df8f}F, !( df3 M g]kfn sDo’lgi6 kf6L{ -g]skf_bfxfn– g]kfn ;d”xsf] ;f]daf/ sf7df8f}Fsf] aa/dxndf a;]sf] s]Gb|Lo ;ldltsf] a}7snfO{ ;Daf]wg ub}{ cWoIf dfwjs’df/ g]kfn . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, २८ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।

ओली पक्षमात्रै सहभागी भएको शुक्रबारको केन्द्रीय कमिटी बैठकले नेता नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेको थियो । शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको एक स्थायी कमिटी सदस्यले बताए ।

ती सदस्यका अनुसार यसको तयारीको लागि राष्ट्रिय भेला चैत ४ गते हुनेछ । भेलामा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुनेछन् ।

एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए । भण्डारी राष्ट्रपति छन् भने अन्य उपाध्यक्षहरू माधवकुमार नेपाल निकटका रहेका छन् । त्यस्तै, नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षमा छन् भने पौडेल ओलीको पक्षमा छन् ।

सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए । एमालेको पदाधिकारीमा नेपाल पक्षको बहुमत थियो । पदाधिकारीमा अल्पमतमा परेपछि ओली पक्षले खारेज गरेको एक तर्फी घोषणा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७