भारतविरुद्धको पहिलो टी–२० मा इङ्ल्याण्ड आठ विकेटले विजयी


२९ फाल्गुन २०७७, शनिबार
england nwTloYLn0F

काठमाडौं, २९ फागुन । भारतविरुद्धको पहिलो टी–२० मा इङ्ल्याण्ड आठ विकेटले विजयी भएको छ । भारतले दिएको १२५ रनको लक्ष्य इङ्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्‍यो ।

योसँगै इङ्ल्याण्डले पाँच टी–२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे । रोय र बट्लरले ओपनिङ गरेका थिए । यी दुई खेलाडीको बीचमा ७२ रनको साझेदारी भएको थियो ।

रोयले ३२ बल खेल्दा चार चौका र तीन छक्का प्रहार गरे । त्यसपछि डेभिड मलान र जोनी बेरिस्टोले नट आउट रहँदै इङ्ल्याण्डलाई सहज जीत दिलाए । वेरिस्टोले १७ बलमा २६ रन बनाउँदा दुई छक्का र एक चौका प्रहार गरे ।

यस्तै २० बलमा २४ रन बनाउँदा मलानले एक छक्का र दुई चौका प्रहार गरे । भारतका लागि युजबेन्द्र चहल र वासिङ्गटन सुन्दरले एक–एक विकेट लिए । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७