कांग्रेस र माओवादीमाथि ओलीकाे प्रहार : नक्कली लोकतन्त्रवादी र जनवादीहरु चुनावमा गए धूलो चाट्छन्

‘कसैले सक्छ भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाए हुन्छ’


२९ फाल्गुन २०७७, शनिबार
kp oli 2 scaled

काठमाडौंं, २९ फागुन । नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी नेकपा एमालेको माधवकुमार नेपाल समूहप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ पनि खनिन थालेका छन् ।

नेकपा माओवादी र जनता समाजवादी पार्टीसँग कांग्रेस नयाँ सत्ता समीकरणका लागि छलफल सक्रिय बन्न थालेपछि निको नमानेका प्रधानमन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलप्रति पनि छेड्खाना शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गरे ।

अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘२०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्के । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ, २० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छ ।’

ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीले बताए । ओलीले ताजा जनादेशमा जाने हो भने नक्कली लोकतन्त्रवादी र जनवादीहरुले धुलो चाट्ने बताए ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेकै माधव नेपाल समूह्लाई संकेत गर्दै यस्तो ब्यङ्ग्य प्रहार गरेका हुन् ।

‘नक्कली लोकतन्त्रवादीहरु, नक्कली जनवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्‍यो, चुनाव घोषणा गर्‍यो, जनताका बीचमा जाने कुरा गर्‍यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्‍यो’, प्रधानमन्त्री ओलीले थपे, ‘यसको अर्थ के हो ? यो देश अगाडि बढ्यो, चुनावमा जाने हो भने यिनले माटो चाट्छन्, धुलो चाट्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७