एल्चेलाई हराउँदै रियाल मड्रिड विजयी


१ चैत्र २०७७, आईतवार
sports 1

काठमाडौं, १ चैत । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एल्चेलाई २–१ ले हराएको छ । आफ्ने मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जमाले निर्णायक प्रदर्शन गरे ।

खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै एल्चेलाई अग्रता दिएका थिए । तर साविक विजेता रियालका बेन्जमाले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै रियाल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियालले २७ खेलबाट ५७ अंक जोडेको छ ।

समान खेलबाट ६३ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ । गएराति भएको खेलमा एथ्लेटिकोलाई गेटाफेले गोलरहित बराबरीमा रोकेको छ । ला लिगाकै अन्य खेलहरुमा लेभान्तेले भ्यालेन्सीयालाई १–० ले हराउँदा डेपोर्टीभो आलाभेज र काडिजले एक एक गोलको बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७