प्रदेश-१ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित


१ चैत्र २०७७, आईतवार
pradesh 12021 01 21 09 24 43

विराटनगर, १ चैत । प्रदेश–१ को प्रदेश सभा वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि (सोमबार) का लागि डाकिएको वैठक प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो ।

यसअघि सभामुख प्रदीपकुमार भण्डारीले हिउँदे अधिवेशनको चौथो बैठक सोमबार दिउँसो साढे १२ बजे बोलाएका थिए । प्रदेशसभाको फागुन ९ गतेको बैठकमा सरकार पक्षको अनुपस्थितिमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएको थियो । सभामुख भण्डारीले मुख्यमन्त्री राईकै सहमतिमा चैत २ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । तर, विशेष कारण देखाउँदै उनले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

pr

एमालेका मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिनुपर्ने या सभामुख भण्डारीले खारेज गर्नुपर्ने बताउँदै आएका छन् । प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव प्रस्तावकले फिर्ता गर्न चाहे सहमतिमा मिल्ने तर सभामुखले खारेज गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

प्रस्तावकले फिर्ता नलिए प्रक्रियागत रूपमै अविश्वास प्रस्ताव टुंग्याउनु पर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रक्रियामा लगेर अविश्वास प्रस्ताव असफल बनाउँदा एक वर्षसम्म मुख्यमन्त्री राईविरुद्ध अर्को अविश्वास प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७