४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो ब्रान्ड शिवम सिमेन्ट


१ चैत्र २०७७, आईतवार
Bharosa Atut Sambandha1615730488

काठमाडौं, १ चैत । शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्रान्ड बनेको छ।

कम्पनीका अनुसार हालै गुणस्तर तथा नापतौल विभागले एनएचएस(५७२ प्रमाणीकरण गरी शिवमलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो।

सिमेन्ट जगतमै पहिलो पटक एन। एस क्वालिटी अवार्ड(२०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्रान्ड बनेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन।एस(४९ प्रमाणीकरण गर्दै आइरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्ट कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए। नेपालमा एन। एस। ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन।एस ५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो।

अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्न एन।एस ५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ।
सन् २००९ मा हेटौंडामा स्थापित शिवम सिमेन्ट उद्योगले जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी क्लिंकर र शिवम सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७