‘कार्टुन्ज क्रु’ले कमेडी शैलीमा ल्याए नयाँ गीत (भिडियोसहित)


८ फाल्गुन २०७४, मंगलवार
cartoon crew

काठमाडौं, ७ फागुन : नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक तथा कमेडी शैलीको नयाँ गीत सार्वजनिक गरेको छ । ‘कार्टुन्ज क्रु’ले आफनै युटुयुब च्यानलबाट मंगलबार ‘कहिले होला’ बोलको गीत सार्वजनिक गरेको हो ।cartoon crew
गीतलाई दिपेन के.सि. र सुमिना लुको आवाजमा रहेको छ भने शब्द र संगित दिपेन के.सी. कै रहेको छ ।
उनी गीतलाई निकै नै रोमान्टिक तथा कमेडी शैलीमा प्रस्तुत गरेका छन् । जसमा कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ । जुन भिडियो हेर्दा प्रस्ट देख्न देखिन्छ ।

गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन्् । भने राम घले र आश्मा बिश्वकर्माको सह–कोरियोग्राफी रहेको छ । प्रविन श्रेष्ठले सम्पादन र निर्देशन गरेको भिडियोको सह– निर्देशन लाक्पा डि लामा र मन्जिल श्रेष्ठको गरेका छन् । भिडियोको कन्सेप्ट र कोरियोग्राफी सरोज अधिकारीको गरेका छन् ।

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईले गज्जबको डान्स र कमेडी गरेका छन् ।

cartoon crew

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७