डिम्याट खोल्नेको संख्या ३३ लाख नजिक


३ चैत्र २०७७, मंगलवार
DMAT pTy3mCDgBR

काठमाडौं, ३ चैत । डिम्याट खाता खोल्नेको संख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको संख्या बढिरहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुुगेको छ । उक्त लिमिटेडमा अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ करोड १८ लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ ।

फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए । सर्वसाधारणका लागि पछिल्लो समयमा हात खाली नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको नेपाल रिइन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले आईपीओतर्फको आकर्षण बढाएका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको संख्या पनि २२ लाख १३ हजार ८०६ पुगेको छ । माघमा मेरो सेयर प्रयोगकर्ता तीन लाख तीन हजार ३२४ थपिएकामा फागुनमा तीन लाख ३७ हजार ४४४ थपिएका थिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७