माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा देव गुरुङ {भिडियाे}


३ चैत्र २०७७, मंगलवार
Prachand chairman cpn

काठमाडौं, ३ चैत । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।

बैठकले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको गरेकाे छ। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा पनि कुनै छलफल नभएको बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय पनि गरेको छ ।

त्यस्तै उनले माओवादीका ६ जना सांसदहरु अर्को दलमा गएको भन्ने बिषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७