म्यान्चेस्टर सिटी र रियाल मड्रिड क्वार्टर फाइनल प्रवेश


४ चैत्र २०७७, बुधबार
117600115 gettyimages 1307460176

काठमाडौं, ४ चैत । स्पेनिस फुटबल क्लब रियाल मड्रिड र इङ्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

गए राति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको एटलान्टालाई ३–१ ले हराउँदै रियाल मड्रिड क्वार्टर फाइनलमा पुगेको हो । पहिलो लेगको खेल १–० ले जितेको रियाल समग्रमा ४–१ ले विजयी भयो ।

गए रातिकै अर्को खेलमा जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर सिटी पनि क्वार्टर फाइनलमा उक्लियो । पहिलो लेगको खेल पनि २–० ले जितेको म्यान सिटी समग्रमा ४–० ले विजयी भएको हो ।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । पहिलो लेगमा १ गोलको अग्रता लिएको इंग्लीश क्लब चेल्सीले आज स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्ने छ । आजै जर्मनीको बायर्न म्युनिखले इटालीको लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा बायर्न म्युनिख ४–१ ले विजयी भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७