नेपाल–खनाल समूहले तय गर्‍यो ओलीको राजीनामासहित १३ बुँदे कार्ययोजना


४ चैत्र २०७७, बुधबार
Nekapa Amale krayakarta bhela

काठमाडौं, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनासहितका विभिन्न १३ बुँदै आगामी कार्ययोजना तय गरेको छ ।

२०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनःस्थापना, विधि विधानको पुनःस्थापना र विकास, नवौ महाविधेशनको कार्यदिशाको स्थापना लगायतका आगामी कामका रुपमा प्रस्ताव अघि सारेका छन् । आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी, केपीका गल्तीका कारण उनले राजीनामा दिनुपर्ने, कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने, गुटका निर्णयहरु खारेज हुनुपर्ने प्रस्ताव अघि सारिएको छ ।

ललितपुरको सानेपामा आजदेखि सो समूहको कार्यकर्ता भेला शुरू भएको छ । बृहत् राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।

बुधबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी तीन महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पािरत गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

यस्ता छन् १३ बुँदे आगामी कार्ययोजना

–नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने ।

–२०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनः स्थापना ।
–सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनः स्थापना गर्ने ।
– विधिविधानको पुनः स्थापना र विकास गर्ने ।
– नवौ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने ।
– नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान गर्ने ।

–आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी गर्ने ।
–केपी ओलीका गल्तीका कारण उनले राजीनामा गर्नुपर्ने ।

–कार्यवाहक नेतृत्वको तयारी गर्ने ।

–गुटका निर्णयहरु खारेज गर्ने ।

–पार्टीलाई पुर्वावस्थामा फर्काउने र जेष्ठ २ गतेको अवस्थामा लैजाने ।

– नवौँ महाधिवेशनको निर्णय र विधानको अवस्थामा लैजानुपर्ने ।

–पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने ।

–पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने ।

चुनौति
सो समूहले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामथ्र्यमा रहेको खतरा र कम्युनिष्ट पार्टी तथा समाजवादविरोधी शक्तिबाट हुनसक्ने खतरालाई अबका चुनौतिको रुपमा व्याख्या गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७