माछापुच्छ्रे बैंकले बाँकेका ४ ठाउँमा थाल्यो क्यूआर कोडमार्फत भुक्तानी सेवा


४ चैत्र २०७७, बुधबार
mbl qr1615986585

काठमाडौं, ४ चैत । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोडमार्फत भुक्तानी सेवा थालेको छ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफूल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको छ।

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्युआर कोड सेवाको सुरुआत गरे।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरेर सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन्।

आफूले प्रयोग गरेका बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकका साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुप्रै सुविधा हुनेछ।

माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रामक रुपमा क्युआर कोडमार्फतको भुक्तानी सेवालाई विस्तार गर्दै लगेको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ।


मोवाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइन मार्फत खाता खोल्ने लगायत डिजिटल सेवा बैंकले दिँदै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७