नबिल बैंकको ब्यक्तिगत मुद्दती खातामा ७.५१ प्रतिशत ब्याजदर


४ चैत्र २०७७, बुधबार
FixedDesposit 100ccNew 011 20210317211511

काठमाडौं, चैत ४ । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको छ।

बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत कायम गरेको छ जनाएको छ। जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ। यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ। नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७