नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ


५ चैत्र २०७७, बिहीबार
petrol oil pump 596dbdac1685a6.78756324

काठमाडौं, ५ चैत । पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ । अन्तराष्ट्रिय बजारमा लगातारा इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर सार्वजनिक यातायत, हवाइ इन्धनलगायत हरेक उपभोग्य वस्तुको मूलयवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरुसमेत महंगिने अवस्था सिर्जना भएको छ । तर, स्वचालित मूल्य प्रणालीअन्र्तगत भाउ बढाउँदा निगमले मूल्य स्थिरिकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ ।

लकडाउनको बेला अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैत्रमा प्रतिलटिरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो ।

त्यसपछि क्रमिक रुपमा इन्धनको खपत बढेसँगैं मूल्य पनि बढ्न थालेको हो । गत साउनदेखि अन्तराष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि अहिले तीन गुणाभन्दा पनि बढेर ६९७० डलर पुगेको छ । अन्तराष्ट्रिय बजारमा लगातार तेलको मूल्य बढ्दै गएपछि निगमले स्थानीय बजारमा समेत मूल्य बढाउँदै आएको छ ।

निगमका अनुसार गत साउनदेखिनै स्थानीय बजारमा इन्धनको मूल्य बढिरहेको छ । साउनदेखि अहिलेसम्म ११ पटक डिजेल पेट्रोलको मूल्य बढ्दा एक पटक मात्र डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्य घटेको छ ।

लगातार मूल्य बढ्दै गएपछि उपभोक्तालाई मार पर्न सक्ने भन्दै मूल्य स्थिरिकरण कोषमा उपभोक्ताबाटै संकलन गरिएको ११ अर्ब रुपैयाँ रहेको छ । मूल्य बढिरहेकाले कोषमा भएको रकम व्यवस्थापन गर्दा ५ ६ पटकलाई भन्दा धेरै नपुग्ने भन्दै निगमले लगातार इन्धनको मूल्य बढाइरहेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७