‘रिफ्रेस’ हुन पत्नी सीतासहित प्रचण्ड पुगे सिन्धुली


५ चैत्र २०७७, बिहीबार
prachanda sita

काठमाडौं, ५ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारसहित सिन्धुली गएका छन् । राजनीतिक अवस्थाले तनावमा परेका उनी रिफ्रेस हुन सिन्धुली पुगेको उनी निकट स्रोतले जनाएको छ ।

दाहालसँगै पत्नी सीता, प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि खुशी भएका दाहाल सर्वोच्चको अर्को फैसलाले नेकपा एकीकरण खारेज गर्दै माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि तनावमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेको माओवादीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन । राजनीतिक रुपमा निकै तनावमा रहेका दाहाल आरामका लागि सिन्धुली गएको बताइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७