अध्यक्ष केपी ओलीले डाकेको दलको बैठकमा जान्नौं : योगेश भट्टराई


५ चैत्र २०७७, बिहीबार
yogesh

काठमाडौं, ५ चैत । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले डाकेको दलको बैठकमा माधव नेपाल समूह नजाने भएको छ । कार्यव्यस्तताका कारण दलको बैठकमा उपस्थित हुन नसक्ने योगेश भट्टराईले जानकारी दिए ।

बुधबार कार्यकर्ता भेलापछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्री र हाम्रो संसदीय दलको सचिवालयलाई नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आयोजना भइरहेको छ । र, यसमा पार्टीका अधिकांश नेता, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यको सहभागिता छ भन्ने जानकारी नभएको होइन ।

हामीलाई संसदीय दलको बैठकमा जानका लागि कुनै समस्या छैन । हामी जान्छौँ, दलको बैठकमा आपत्ति होइन । तर, प्रधानमन्त्रीलाई विनम्रताका साथ कार्यव्यस्तताले संसदीय दलमा उपस्थित हुन सक्दैनौँ भनेर बताएका छौँ ।’ अन्य अनुकूल समयमा डाकिएको दलको बैठकमा उपस्थित हुने उनको भनाइ थियो । ‘अनुकूल समयमा डाकिने संसदीय दलको बैठकमा हामी भाग लिन्छौँ,’ उनले थपे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७