आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास


५ चैत्र २०७७, बिहीबार
jel 1
सांकेतिक तस्वीर

उदयपुर, ५ चैत । आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।

त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको श्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको भन्दै परिवारबाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७