चेल्सी र बायर्न म्युनिख क्वार्टर फाइनलमा प्रवेश


५ चैत्र २०७७, बिहीबार

काठमाडौं, ५ चैत । च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औं मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गए राति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ ।

पहिलो लेग ४–१ गोल अन्तरले जितेको बार्यन जितसँगै क्वार्टर फाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्यानचेस्टर सिटी पनि क्वार्टर फाइनलमा पुगिसकेको छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७