इङल्याण्डसँगको चौथो टी–२० क्रिकेटमा भारत ८ रनले विजयी


६ चैत्र २०७७, शुक्रबार
india vs eng eng BfvXCCpDKs

काठमाडौं, ६ चैत । चौथो ट्वान्टी–ट्वान्टी क्रिकेटमा घरेलु टीम भारतले इङ्ल्याण्डलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।

इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए भने जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे । यस्तै भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्डय र राहुल चहलले २–२ विकेट लिए ।

श्रेयस एयरले ३७ रन बनाउँदा ऋषव पन्तले ३० रन बनाए । केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमै आउट भए ।

यस्तै इङ्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए । जितसँगै भारतको ५ खेलको सिरिजमा २–२ को स्थितिमा पुगेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनाएर इङल्याण्डलाई १८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७