भद्रगोल’ की रक्षा बनिन् आमा


९ फाल्गुन २०७४, बुधबार

काठमाण्डौं, ९ फागुन : चर्चित हाँस्य श्रृंखला ‘भद्रगोल’ की चर्चित कलाकार रक्षा आमा बनेकी छन् । भद्रगोलको चरित्रमा चर्चा कमाएकी रक्षाले आमा बन्दा पनि चर्चा पाएकी छन् । तर, उनी रियल लाइफमा नभई रिल लाइफमा मात्र आमा बनेकी हुन् । गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् । तुलाले निर्देशन गरेको नयाँ गीत ‘जुन लुक्यो आकाशमा’ सार्वजनिक भए लगत्तै यसले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।1519196834rakchaaa 1

सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतमा चर्चित हाँस्य शृखला भद्रगोलकी रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ । गायक तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो । गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐना जस्तै छर्लङ्ग पारेको छ । यो भिडियोमा निर्देशक तुलाले ठूलो मेहेनतका साथ काम गरेका छन् ।

भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपरेको बताउँछन् । बच्चासँग अत्यधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल लाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् । भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् । (भिडियो पनि)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७