प्रचण्डसँग नारायणकाजी रिसाए


९ फाल्गुन २०७४, बुधबार
narayankaji shrestha 1
फाइल फोटो

काठमाण्डौं, ९ फागुन : राष्ट्रिय सभा सदस्य नियुक्तिको विषयमा नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरेकी थिइन् । राष्ट्रिय सभामा माओवादीले अधिवक्ता समेत रहेका रामनारायण विडारीलाई सिफारिस गरेको थियो । एमालेले भने पूर्व गर्भनर युवराज खतिवडा र विना पौडेललाई सिफारिस गरेको थियो । जुन राष्ट्रपति भण्डारीले स्वीकृत समेत गरिसकेकी छन् ।narayankaji shrestha 1

विडारी नारायणकाजी श्रेष्ठ समूहबाट माओवादीमा एकता गरेर आएका हुन् । विडारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रियसभामा मनोनित गरेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको समाचार स्रोतले जानकारी दिएको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने ‘राष्ट्रियसभामा पठाउने विषयमा सल्लाह भएन, म जाने भन्ने कुरा होइन, तर पार्टीमा सल्लाह हुनुपथ्र्यो भन्ने मेरो धारणा हो ।’ राष्ट्रियसभामा विडारीको सिफारिसबारे सल्लाह गर्नुपर्ने भन्ने मात्र आफ्नो भनाई रहेको उनले बताएका छन् । गोरखाबाट नयाँ शक्तिका संयोजक बावुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ राष्ट्रिय सभामा जान इच्छुक रहेका समाचार सार्वजनिक भइरहेको बेला माओवादी केन्द्रबाट विडारीको नाम सिफारिस भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७