चिठी बोकेर बालुवाटार पुगे नेपाल समूहका तीन सांसद


७ चैत्र २०७७, शनिबार
somprasad pandey yagyaraj sunuwar and jiwanram shrestha

काठमाडौं, ७ चैत । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा (एमाले) को संसदीय दल र केन्द्रीय कमिटी बैठकमा उपस्थित नहुनुको कारण सहितको चिठी बोकेर वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद बालुवाटार पुगेका छन् ।

नेपाल समूहका सांसद सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवन राम श्रेष्ठ आफ्नो समूहको पत्र बोकेर बालुवाटार गएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान १०: ३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।

तर नेपाल समूहले भने बैठक बहिस्कार गरेको थियो । बैठकमा नआउनुको कारण सहितको चिठी बोकेर आफूहरु बालुवाटार पुगेको सांसद तथा केन्द्रीय कमिटी सदस्य सुनुवारले बताए । विधी, पद्धति र प्रक्रिया बिना बैठक बोलाइएको कारण बैठक बहिस्कार गरिएको चिठीमा उल्लेख छ ।

लिखित पत्रमा के छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७